FLASH NEWS

पत्नीशोकमा रहेका ‘प्रचण्ड’लाई राष्ट्रपति पौडेलले पठाए समवेदना सन्देश


नेपाल आवाज २९ असार २०८०, शुक्रबार १३:२७ मा प्रकाशित ९९७ पाठक संख्या

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले पत्नीशोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समवेदना सन्देश पठाएका छन् ।


यसअघि सीता दाहालको निधन भएकै दिन बुधबार टेलिफोनमार्फत समवेदना व्यक्त गरेका राष्ट्रपति पौडेलले आज आफ्नो परिवारका सदस्यसहित राष्ट्रपति कार्यालयका पदाधिकारीलाई बालुवाटार मै पठाएर लिखित समवेदना दिएका हुन् ।

राष्ट्रपतिले समवेदना पत्रमा सशस्त्र सङ्घर्षलगायत सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि भएका आन्दोलनमा सीता दाहालको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

‘समाज रूपान्तरण र राजनीतिक परिवर्तन मात्र नभएर सम्माननीय प्रधानमन्त्री दाहालको राजनीतिक छवि एवम् कदलाई सफलतापूर्वक यो उचाइसम्म ल्याउन विगतका कष्टकर दिनहरूमा सीताको साथ तथा सहयोग उदाहरणीय र अनुकरणीय छ’, उनले भनेका छन् ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको समवेदना पत्रमा अत्यन्तै मार्मिक भएको बताउँदै आभार व्यक्त गरे ।