FLASH NEWS

राप्रपा महिला विभाग प्रमुखमा कुन्ती, उपप्रमुखमा रेखा


नेपाल आवाज २९ असार २०८०, शुक्रबार १३:५४ मा प्रकाशित १०२१ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महिला विभाग प्रमुखको जिम्मेवारी कुन्तीकुमारी शाहीलाई दिएको छ।


पार्टीकी महामन्त्रीसमेत रहेकी शाहीलाई महिला विभाग प्रमुखको जिम्मेवारी दिइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

अध्यक्ष राजेन्द्र लिङ्देनले महिला विभाग प्रमुखलगायतलाई मनोनयन पत्रसमेत दिइसकेका छन्।

महिला विभाग उपप्रमुखमा रेखा थापालाई जिम्मेवारी दिइएको छ।

साथै सदस्य सचिवमा सवान्त थापा, सदस्यहरूमा सरस्वती लामा, नानु लामा नगरकोटी, बबिता शाही, इन्दिरा शाही र रिता कुँवरलाई जिम्मेवारी दिइएको राप्रपाले जनाएको छ।