FLASH NEWS

सभामुख घिमिरेले गरे बजेट प्रमाणित


नेपाल आवाज २९ असार २०८०, शुक्रबार १७:५४ मा प्रकाशित ८२३ पाठक संख्या

काठमाडौं – सभामुख देवराज घिमिरेले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएका आर्थिक वर्ष २०८०/८१ को बजेटसम्बन्धी विधेयक प्रमाणित गरेका छन् ।


उनले शुक्रबार नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाले संशोधनबिना पारित गरेको र राष्ट्रिय सभाले सुझावबिना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणित गरेका हुन् ।

संसदका दुवै सदनले पारित गरेका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने प्रावधान छ ।