FLASH NEWS

एमाले अध्यक्ष ओली र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता


नेपाल आवाज २९ असार २०८०, शुक्रबार १८:१७ मा प्रकाशित १२१३ पाठक संख्या

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लुले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।


उनले शुक्रबार एमाले पार्टी कार्यालय च्यासल पुगेर भेटवार्ता गरेका हुन् । भेटमा एमसीसी कार्यान्वयन तथा दुई देशबीचको सम्बन्धनबारे छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।

भेटमा लुका अन्यसदस्य तथा एमालेका तर्पफबाट विष्णु रिमाल, डा. राजन भट्टराई र विमला पाैडेलकाे सहभागिता रहेकाे थियाे ।

लुले आजै कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग भेटवार्ता गरेका थिए ।