FLASH NEWS

प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका लुले दिए सीता दाहाललाई श्रद्धाञ्जली


नेपाल आवाज २९ असार २०८०, शुक्रबार १९:५७ मा प्रकाशित १२४३ पाठक संख्या

काठमाडौं – दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्। शुक्रबार दिउँसो काठमाडौं आइपुगेका लु साँझ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।


प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुअघि उनले स्व. सीता दाहालको तस्बिरमा श्रद्धाञ्जली अर्पण गरेका छन् । उनी एमसीसी कार्यान्वयनसहितका मुद्दा लिएर एकदिने नेपाल भ्रमणमा शुक्रबार बिहानै काठमाडौं आइपुगेका हुन् ।

यसअघि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री एनपी साउद र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका  थिए।

दुवैजनासँगको संवादमा उनको मुख्य चासोको विषय अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) कार्यान्वयनबारे थियो।