FLASH NEWS

ओम्निया क्लबका सञ्चालकमाथि कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ


नेपाल आवाज २९ असार २०८०, शुक्रबार २२:१२ मा प्रकाशित १३९९ पाठक संख्या

काठमाडौं – काठमाडौंको ठमेलस्थित ओम्निया क्लबका सञ्चालकमाथि कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।


कुटपिट गरेको आरोपमा शुक्रबार पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

पक्राउ पर्नेमा नुवाकोटको ककनीका ३३ वर्षीय सानुभाइ भन्ने युवराज गुरूङ, टोखा नगरपालिका-१० का ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोटका २९ वर्षीय कमल तामाङ छन्।

उनीहरूले असार १५ गते राति ठमेलको क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरूङमाथि कुटपिट गरेका थिए। गुरूङसँगै क्लबका बाउन्सरहरूमाथि पनि कुटपिट गरेको आरोप छ।

घटनामा संलग्न भएको आरोपमा विनोद लामा र रघु लामालाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ।

उक्त घटनाको सिसिटिभी फुटेज पनि बाहिरिएको थियो। परिसरले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।