काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले बालुवाटार पुगेर सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सो क्रममा विप्लवले पत्नी वियोगमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा छोरीहरु रेणु र गङ्गा दाहालप्रति समवेदना प्रकट गरेका थिए ।
नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायत स्थायी समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।