FLASH NEWS

भीम रावलको प्रश्न – एमसीसी कार्यान्वयनका लागि अमेरिकाले किन दबाब दियो ?


नेपाल आवाज ३० असार २०८०, शनिबार १३:१९ मा प्रकाशित १०५७ पाठक संख्या

काठमाडौं – डा.भीम रावलले नेपालको हितमा र नेपालकै आयोजना भए एमसीसी कार्यान्वयनका लागि अमेरिकाले किन दबाब दिएको भनी प्रश्न गरेका छन्।


अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लुको भ्रमण र दौडधुपप्रति शनिबार टिप्पणी गर्दै नेता रावलले तारन्तार आएर ठूला दल दलका नेतालाई भेटेको र एमसीसी कार्यान्वयनका लागि धम्की दिएको भन्दै आपत्ति जनाएका छन्।

‘एमसीसी नेपालको हितमा नेपालकै आयोजना भएको भए त्यसलाई लिनैपर्छ भनी अमेरिकीहरूले कहिले धम्की दिने र तारन्तार कार्यान्वयनका लागि नेपाल आई सबै ठूला दलका नेतालाई भेट्नुपर्ने किन?’,उनले ट्वीट गरेका छन्,‘अमेरिकी सहायक मन्त्री आउँदा प्रमदेखि ठूला दलका नेताहरूले भेटवार्ता गर्नैपर्ने कुराको रहस्य के हो?’