FLASH NEWS

मिटरब्याजसम्बन्धी विधेयक यही अधिवेशनबाट पारित हुन्छ : कानुनमन्त्री


नेपाल आवाज ३० असार २०८०, शनिबार १८:२७ मा प्रकाशित ९१३ पाठक संख्या

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति एवम् कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटर ब्याजसम्बन्धी प्रतिस्थापन विधेयक संसद्को यही अधिवेशनबाट पारित हुने बताएका छन् ।


उनले मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक रोक्न विभिन्न षड्यन्त्रहरू भइरहेको भन्दै अब त्यस्ता षड्यन्त्रले सरकारलाई रोक्न नसक्ने बताए ।

काठमाडौंमा आज भएको कांग्रेसनिकट तमु संघ वाग्मती प्रदेशको भेलालाई सम्बोधन गर्दै मन्त्री गुरूङले मिटरब्याज पीडितहरूलाई न्याय दिने विषयमा कांग्रेस र गठबन्धन सरकार प्रस्ट रहेको बताए ।

उनले दुई/तीन दिनभित्रै मिटरब्याजसम्बन्धी विधेयक संसद्मा पेस हुने र पारित हुने बताए । मन्त्री गुरूङले सुशासन कायम गर्न र भ्रष्टाचारको अन्त्यका लागि अहिलेको गठबन्धन सरकार प्रतिबद्ध रहेको बताए ।