FLASH NEWS

कोशी प्रदेश सरकार भङ्ग गरी संविधानसम्मत प्रक्रिया प्रारम्भ गर्न एमालेको माग


नेपाल आवाज ३० असार २०८०, शनिबार २०:१४ मा प्रकाशित १४२९ पाठक संख्या

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोशी प्रदेश सरकार असंवैधानिक ढंगले गठन गरेको भन्दै तत्काल भङ्ग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया आरम्भ गर्न माग गरेको छ ।


आज शनिबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले वर्तमान सत्ता गठबन्धनले संविधानको उलङ्घन गर्दै कोशी प्रदेशमा सरकार गठन गरेको भन्दै तत्काल भङ्ग गरि सरकार गठनको संविधानसम्मत प्रक्रिया आरम्भ गर्न माग गरेको हो ।

सरकार गठन गर्ने या हटाउने सन्दर्भमा सभामुख स्वयं सलग्न हुने कुरा नेपालको संविधान बितरित भएको र यो संसदीय अभ्यासमाथिको नाङ्गो प्रहार भएको एमालेको ठहर छ ।

बैठकले मिटरव्याज सम्बन्धी विधेयक एमालेले रोकेको भन्ने भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अविलम्व नयाँ विधेयक ल्याउन सरकारको ध्यानाकर्षण गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले सत्ता गठबन्धनले बिभिन्न स्वायत र गैरराजनीतिक संस्थाहरुमाथि निरन्तर हस्तक्षेप गरेको र संस्थाहरुलाई आफ्नो नियन्त्रणमा राख्ने क्रियालाप गर्दै आएको भन्दै भर्त्सना गरेको छ ।

सचिवालय बैठकले प्राकृतिक प्रकोपको घटनाका कारण ठूलो जनधनको क्षति भएकाले घरबार गुमाएकाहरुलाई तत्काल पुनस्र्थापित गर्न, राष्ट्रिय राजमार्ग सहित सडक पूर्वाधाररको यथाशीघ्र पुननिर्माण र जनजीवनलाई स्वभाविक अवस्थामा फर्काउन माग गरिएको उपमहासचिव ज्ञवालीले बताए।

त्यस्त, बैठकले देशैभरी फैलिएको लम्पी स्कीन रोग नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न, विमा रकम तत्काल भूक्तानी गर्न र राहत दिन सरकारसँग माग गरेको उनले बताए ।

बैठकले पार्टीको बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य गुरु बराललाई दिने निर्णय गरेको र अन्य केहि नेताहरुको जिम्मेवारी हेरफेर गरिएको ज्ञवालीले जानकारी दिए ।

त्यस्तै, उपमहासचिव ज्ञवालीले साउन २ देखि ६ गतेसम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको भ्रमण गर्ने तय भएको जानकारी दिए भने बैठकले पार्टी सदस्य नविकरणको म्याद असार मसान्तभित्र सम्पन्न हुने भएकाले साउन १५ भित्र सबै विवरणलाई अध्यावधिक गरेर प्रमाणीकरण गर्ने निर्णय गरेको उनले बताए ।

नेकपा (एमाले) केन्द्रीय सचिवालयको तेइसौं बैठक ( २०८०/०३/३०) बाट पारित समसामयिक प्रस्ताव

१. वर्तमान सत्ता गठबन्धन संविधानको उल्लङ्घन गर्ने, संवैधानिक संस्थाहरूमा हस्तक्षेप गर्ने, तिनीहरूलाई विवादित र निष्प्रभावी बनाउने तथा लोकतन्त्रलाई जगैदेखि खल्बल्याउने काममा उद्यत् छ । कोशी प्रदेशसभामा सत्ता गठबन्धनबाट गरिएको संविधान विरोधी क्रियाकलाप यस शृङ्खलाको पछिल्लो कडीका रूपमा रहेको छ । नेपालको स `विधानले सभामुख पदलाई निष्पक्ष र तटस्थ भूमिकामा रहेर व्यवस्थापिकाको नेतृत्व गर्ने संवैधानिक भूमिका तय गरेको छ । संविधानले कहीँ पनि सभामुखको पक्षधरताको परिकल्पना गरेको छैन । त्यसै कारण सभामुखले दलीय आवद्धताबाट अलग हुने प्रचलन रहेको छ । अझ, सरकार गठन गर्ने या हटाउने सन्दर्भमा सभामुख स्वयं सङ्लग्न हुने कुरा त नेपालको संविधान, नियन्त्रण र सन्तुलनका विश्वव्यापी मूल्यमान्यता एवं हाम्रा आफ्नै लोकतान्त्रिक र स ‘सदीय अभ्यासमाथिको नाङ्गो प्रहार हो भन्ने कुरा स्वतः स्पष्ट छ ।
नेकपा (एमाले) सत्ता गठबन्धनका यस्ता असंवैधानिक कदमको भ्रर्त्सना गर्दछ । असंवैधानिक ढङ्गले गठन गरिएको कोशी प्रदेश सरकार भङ्ग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न माग गर्दछ ।

२. देशैभरि फैलिएको लम्पी स्किन रोगबाट हालसम्म ७ लाख ६४ हजारभन्दा बढी चौपायाहरू सङ्क्रमित भएको, २७ हजार गाईवस्तुको मृत्यु भइसकेको, यसबाट हालसम्म किसानहरूले अबौंको नोक्सानी ब्यहोर्नु परेको र सङ्क्रमण निर न्तर फैलिइरहेको भयावह तथ्याङ्क सार्वजनिक भएको छ । तर ४ महिना अगाडिदेखि फैलिएको यस महामारीलाई र गोक्न सरकारले कुनै प्रभावकारी कदम चालेको छैन । सङ्क्रमण रोक्न खोप सहज ढङ्गले उपलब्ध भइरहेको छैन । पशु बिमा गराएका किसानहरूले बिमा रकम भुक्तानी पाउन सकेका छैन र अन्य राहत पनि नगण्य मात्रै रहेको छ । किसानहरूले व्यहोर्नु परेको यस अपूरणीय क्षतिलाई न्यून गर्न तत्काल प्रभावकारी कदम चाल्न, बिमा रकम तत्काल भुक्तान गर्न, खोपको प्रभावकारी प्रबन्ध गर्न र किसानहरूलाई राहत दिन नेकपा (एमाले) सरकारसँग गंभीर ध्यानाकर्षण र जोडदार माग गर्दछ ।
यस वर्ष पनि किसानहरूले धान लगाउने याममा पर्याप्त, सहज र सुलभ रूपमा रासायनिक मल पाउन सकेका छै नन् । सरकारको यस अक्षमताको भ्रर्त्सना गर्दै पार्टी तत्काल पर्याप्त मात्रामा किसानहरूलाई मल उपलब्ध गराउन माग गर्दछ ।
कालीमाटी तरकारी बजार व्यवस्थापनको छनोट निश्चित स्वार्थ समूहको हितमा बिना प्रतिष्पर्धा गरिएकोप्रति आपत्ति जनाउँदै नेकपा (एमाले) उक्त निर्णय खारेज गरेर स्वस्थ प्रतिष्पर्धाबाट व्यवस्थापन छनोट गर्न माग गर्दछ ।

३. अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी कसुरलाई दण्डनीय बनाउन जारी गरिएको अध्यादेशलाई प्रतिस्थापना गर्न ल्याइएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ नामको प्रतिस्थापन विधेयकका बारेमा सत्ता गठबन्धनबाट व्यक्त भइरहेका अभिव्यक्ति र सम्प्रेषित भ्रामक समाचारहरूप्रति हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न सरकार आफैले निकै ढिलो गरी प्रतिस्थापन विधेयक राष्ट्रियसभामा प्रस्तुत गन्यो । दुबै सदनबाट पारित गरिसक्नु पर्ने समयसीमाको अन्तिम दिन मात्रै उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरियो । सरकार आफैले विधेयक प्रस्तुत गर्न ढिलाइ गर्ने, सदन सञ्चालन गर्न आवश्यक पहल नगर्ने, विधेयकबारे सत्ता घटकभित्रै गंभीर विवाद रहेको र यिनै कारण विधेयकमाथि प्र तिनिधिसभामा छलफल हुन नसकेको यथार्थलाई ढाकछोप गर्दै नेकपा (एमाले) लाई दोषारोपण गर्ने सरकारको नियत आपत्तिजनक छ । नेकपा (एमाले) केन्द्रीय कमिटीको गतः वैशाख २८-३० मा सम्पन्न पाँचौ बैठकले विशेष प्रस्ताव पारित गर्दै ‘मिटरब्याज पीडितहरूको धर्ना र प्रदर्शनप्रति गंभीर ध्यानाकर्षण भएको र यस समस्यालाई समाधान गर्न तत्काल आवश्यक कानुनी प्रबन्ध गर्न माग गरिएको तथ्य यहाँ स्मरणीय छ । तसर्थ, ‘आफूले काँक्रो चोरेर बियाँ अरूको गालामा टाँसिदिने सरकारको यस छलकपट र द्वैध भूमिकाको पार्टी भ्रर्त्सना गर्दछ ।
सरकारकै कारण प्रतिस्थापन विधेयक निष्क्रिय भइसकेको परिप्रेक्ष्यमा अविलम्ब नयाँ विधेयक ल्याउन पार्टी सरकारको ध्यानाकर्षण गराउँछ । सत्ता सम्प्रेषित भ्रामक र आग्रहपूर्ण प्रचारबाट प्रभावित नहुन सरोकारवाला सबैलाई एवं सत्यतथ्य समाचार मात्र सम्प्रेषित गर्नु हुन मिडियाकर्मीहरूलाई आग्रह गर्दछ ।

४. विश्वविद्यालयहरूमाथि सत्ता संरक्षित विद्यार्थी सङ्गठनहरूबाट भइरहेको निरन्तरको हस्तक्षेप, तालाबन्दी र अर जकताप्रति पार्टी गंभीर भएको केही समय अगाडि पूर्वाञ्चल विश्वविद्यालय, सेवा आयोगका अध्यक्षमाथि सत्तापक्षका विद्यार्थीहरूद्वारा निन्दनीय दुर्व्यवहार गरियो । नेपाल संस्कृत विश्वविद्यालयको सेवा आयोगको कार्यकक्षमा सत्तापक्षकै विद्यार्थीहरूद्वारा तालाबन्दी गरिएको छ । यी लगायत अन्य विश्वविद्यालयहरूमा सिर्जना गरिएका समस्याका कारण हजारौं विद्यार्थीहरूको भविष्य प्रभावित भएको छ । नेकपा (एमाले) स्वतन्त्र र स्वायत्त प्राज्ञिक स ‘स्थाहरूमाथि सत्तापक्षबाट भइरहेका यस्तो हस्तक्षेपको निन्दा र भ्रर्त्सना गर्दछ ।

५. अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर जनधनको ठूलो क्षति भएको छ । राजधानी प्रवेश गर्ने ‘लाइफलाइन’ को रूपमा रहेको भरतपुर- मुग्लिन सडक लगायत अन्य राष्ट्रिय राजमार्ग र सहायक राजमार्गहरू पटक- पटक अवरूद्ध हुँदा आपूर्ति प्रणाली र जनताको अत्यावश्यक आवतजावतमा समेत पटक-पटक व्यवधान सिर्जना भएको छ । तर प्राकृतिक विपत्तिसँग जुझ्ने सरकारको प्रतिकार्यको तयारी असाध्यै फितलो, निष्प्रभावी र सुस्त देखिएको छ । पार्टी केन्द्रीय सचिवालयको यो बैठक प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनु हुनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । प्राकृतिक विपत्तिका बेला तयारी अवस्थामा रहन तथा राहत र उद्धारका काममा तत्काल खटिन पार्टी सम्बद्ध सबै युवा, विद्यार्थी, भूपू सैनिक र प्रहरी सहित पार्टी पङ्क्तिलाई आह्वान गर्दछ । यस क्रममा घरबार गुमाएकाहरूलाई तत्काल पुनर्स्थापित गर्न, राष्ट्रिय राजमार्ग सहित सडक पूर्वाधारको यथाशीघ्र पुननिर्माण गर्न र जनजीवनलाई स्वाभाविक अवस्थामा फर्काउन सरकारको ध्यानाकर्षण गर्दछ ।

६. वर्तमान सत्ता गठबन्धन विभिन्न स्वायत्त र गैरराजनीतिक संस्थाहरूमाथि निरन्तर हस्तक्षेप गरिरहेको छ । स्वस्थ प्रतिष्पर्धाका आधारमा नेतृत्व चयन हुन नदिने, ती संस्थाहरूलाई जसरी पनि आफ्नो नियन्त्रणमा राख्ने र त्यसो हुन नसके विभाजन या विघटन गर्ने क्रियाकलाप गर्दै आएको छ । नेकपा (एमाले) गठबन्धनका यस्ता क्रियाकलापको भ्रत्स’ना गर्दछ ।