FLASH NEWS

पूर्वराष्ट्रपति यादवले दिए प्रधानमन्त्री प्रचण्डलाई भेटेर समवेदना


नेपाल आवाज ३० असार २०८०, शनिबार २०:१९ मा प्रकाशित १२३१ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसङ्गिनी सीता दाहालको निधनप्रति पूर्वराष्ट्रपति डा. रामवरण यादवले दुःख व्यक्त गरेका छन्।


प्रधानमन्त्री निवास बालुवाटार पुगेर पूर्वराष्ट्रपति डा. यादवले आज प्रधानमन्त्री र उनको परिवारप्रति समवेदना प्रकट गरेका हुन्।

आजै पूर्वराष्ट्रपति विद्या भण्डारीका तर्फबाट पनि माधव भण्डारीले प्रधानमन्त्री र उनको परिवारलाई भेट गरी दुःख व्यक्त गरेका थिए।

यस्तै,  विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधिले पनि प्रधानमन्त्री प्रचण्डलाई समवेदना प्रकट गरेका छन् भने सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आजै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु बुद्धिमान तामाङ, रवीन्द्र मिश्रलगायतले पनि समवेदना प्रकट गरेका छन्। यस्तै, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, शुभेच्छुकहरुले पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेर समवेदना प्रकट गरेका छन्।