FLASH NEWS

महिला फुटबल : बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल आज


नेपाल आवाज ३१ असार २०८०, आईतवार ११:०३ मा प्रकाशित ११४१ पाठक संख्या

काठमाडाैं – नेपाल र बङ्लादेशको महिला फुटबल टोलीबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज हुँदैछ।


ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका सवा ५ बजे शुरु हुनेछ ।

यसअघि भएको पहिलो खेलमा नेपाल र बङ्लादेशले १–१ गाेलको बराबरी खेलेका थिए । नेपालका लागि सावित्रा भण्डारीले दोस्रो हाफको इन्जुरी समयमा नेपालको तर्फबाट बराबरी गोल फर्काएकी थिईन् । नेपाली टिमलाई प्रशिक्षक अनन्तराज थापाले नेतृत्व गरेका छन् ।

गएको वर्ष काठमाडाैंमा भएकाे साफ च्याम्पियनसिपको फाइनल खेलपछि नेपाल र बङ्लादेश पहिलो पटक खेलेका हुन् । साफमा नेपाल बङ्लादेशसँग फाइनलमा ३–१ ले पराजित भएको थियो ।