FLASH NEWS

फोहोरमा पटकैपिच्छे शुल्क लिने निर्णयको बिरोधमा मुद्दा दायर गर्ने तयारी


नेपाल आवाज ३१ असार २०८०, आईतवार ११:१५ मा प्रकाशित १२४९ पाठक संख्या

काठमाडौं – नुवाकोटको ककनी गाउँपालिकाले बञ्चरेडाँडा ल्याण्डफिल साइट जाने गाडीलाई प्रवेश शुल्क लिने निर्णयको बिरोधमा टोखा नगरपालिका र फोहोरमैला ब्यबस्थापन संघ आइतबार सर्वोच्च जाने भएका छन्।

ककनी गाउँपालिकाले भाेलिदेखि लागु हुने गरी ल्याण्डफिल साइटमा फोहोर विसर्जन गरेवापत प्रति सवारीसाधन १५ सयसम्म शुल्क लिने निर्णय गरेपछि त्यसकाे विराेधमा उनीहरूले सर्वाेच्चमा रिट दायर गर्न लागेका हुन्।

ककनी गाउँपालिकाले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जन गरेबापत प्रति सवारी साधनलाइ एक पटकमा सय रुपैयाँ र अन्य गाडीलाई पटकैपिच्छे एक हजार शुल्क लिने गरी प्रस्ताव गरेपछी त्यसको बिरोधमा टोखा नगरपालिका र फोहोरमैला ब्यबस्थापन संघ सर्वोच्चमा रिट हाल्न लागेको हो ।

स्थानीय तहलाई सवारी साधनमा कर उठाउने अधिकार नभए पनि ल्याण्डफिल साइट प्रभावित क्षेत्र भएकाले साउन १ गतेदेखि फोहोरका गाडीलाई प्रवेश शुल्क लिने निर्णय ककनी गाउँपालिकाले गरेको थियो।

गाउँपालिकाले फोहोर लिएर जाने गाडीहरुलाई त्यस विषयमा जानकारी गराएको थियो । हाल उपत्यकाका १७ स्थानीय तहका ८० प्रतिशत फोहोर निजी क्षेत्रले ब्यबस्थापन गरिरहेकामा निजी क्षेत्रका ७९ वटा संस्थाले फोहोर संकलन र व्यवस्थापन गरिरहेको छ ।


टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले स्थानीय तह ऐन, फोहोर मैला व्यवस्थापन ऐन र आर्थिक ऐन, फोहोरमैला व्यवस्थापन नियमावली अध्ययन गर्दा ककनी गाउँपालिकाले गरेको निर्णय न्यायोचित नभएको कारण रिट दायर गर्न लागेको बताएका छन्।