FLASH NEWS

सुन र हिरासहित विमानस्थलबाट एकजना पक्राउ


नेपाल आवाज ३१ असार २०८०, आईतवार १४:२७ मा प्रकाशित १५८५ पाठक संख्या

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाएर अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको ७ सय ७० ग्राम सुन र हिरा ५४ ग्राम ७५ मिलिग्रामसहित नेपाली मुलका अष्ट्रेलियन नागरिक ५५ वर्षीया अभया विश्‍वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।


मलेसियन एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा उनले बोकेको झोलाभित्र अबैध रुपमा लुकाई छिपाई भन्सार छली गरी बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा उक्त सुन तथा डाईमन्ड फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  जनाएकाे छ ।