FLASH NEWS

बंगलादेश विरुद्ध दोस्रो मैत्रिपूर्ण खेल : नेपालको सुरुवाती-११ सार्वजनिक,३ खेलाडी परिवर्तन


नेपाल आवाज ३१ असार २०८०, आईतवार १६:५८ मा प्रकाशित १४६५ पाठक संख्या

काठमाडौं – घरेलु टोली बंगलादेशविरुद्धको दोस्रो मैत्रिपूर्ण खेलका लागि नेपालको सुरुवाती-११ सार्वजनिक भएको छ । टोलीमा तीन खेलाडी परिवर्तन गरिएका छन् ।


ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा साँझ सवा ५ बजे सुरू खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले मिडफिल्डरहरू रेनुका नगरकोटे, प्रिती राई र अमिसा कार्कीलाई बेन्चमा राखेका छन् । उनीहरूको स्थानमा फरवार्ड रश्मीकुमारी घिसिङ र अनिता बस्नेत तथा मिडफिल्डमा अनिता केसीलाई सुरुवाती-११ मा स्थान दिइएको छ । यसअघि पहिलो खेलमा नेपालले १-१ गोलको बराबरी खेलेको थियो । दोस्रो हाफको इन्जुरी समयमा सावित्रा भन्डारीले गोल गर्दै नेपालको हार टारेकी थिइन् ।

नेपालको सुरुवाती ११: फरवार्डः सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ र अनिता बस्नेत

मिडफिल्डरः सरु लिम्बु, दिपा शाही, अनिता केसी

डिफेन्डरः विमला विक, समिक्षा घिमिरे, अमृता जैसी, हिरा कुमारी भुजेल

गोलरक्षकः एञ्जिला तुम्बाप्पो सुब्बा (कप्तान)