FLASH NEWS

हवाई यात्राको टिकटमा १३ प्रतिशत भ्याट लगाउने सरकारको निर्णय अनुपयुक्तः कमल थापा


नेपाल आवाज २ श्रावण २०८०, मंगलवार ११:२३ मा प्रकाशित १०३३ पाठक संख्या

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले हवाई यात्राको टिकटमा १३ प्रतिशत भ्याट लगाउने सरकारको निर्णय अनुपयुक्त भएको बताएका छन् ।


मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन् । उनले सडकको पहुँच नपुगेका कतिपय जिल्लाहरुमा अहिले नै हवाई टिकट अत्यन्त महंगो रहेको र त्यसमाथी यो करको भार थप्नु कदापि ठिक नभएको उल्लेख गरेका छन् । थापाले उक्त निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरेका छन् ।