FLASH NEWS

प्रधानमन्त्री दाहाल साउन ७ देखि इटाली भ्रमणमा जाँदै


नेपाल आवाज ३ श्रावण २०८०, बुधबार १२:३५ मा प्रकाशित १६३९ पाठक संख्या

काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ साउन ७ गते गतेदेखि इटालीको भ्रमणमा रहने भएका छन् । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।


बैठकले संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम समिट २०२३ मा सहभागी हुनका लागि प्रधानमन्त्रीलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

समिट जुलाइ २४, २५ र २६ मा इटालीमा हुँदैछ ।