FLASH NEWS

काठमाडौंको सिनामंगलमा सुन पसल अगाडि शङ्कास्पद वस्तु राखेको आरोपमा एक जना पक्राउ


नेपाल आवाज ३ श्रावण २०८०, बुधबार १३:०० मा प्रकाशित १४४१ पाठक संख्या

काठमाडौं – सिनामंगलमा शङ्कास्पद वस्तु भेटिएको छ । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडी शङ्कास्पद बस्तु राखेको आरोपमा एक युवक पक्राउ परेका छन् ।


प्रहरीले सिसिटिभी फुटेजका आधारमा रौतहटका २८ वर्षीय खजन्ती पासवानलाई पक्राउ गरिएको छ। यद्यपि शङ्कास्पद बस्तुमा बम भने नरहेको प्रहरीले जानकारी दिएको छ ।

शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । कालो टेपले बेरेको र तार बाहिर निस्किएको सो वस्तु बम हुन सक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको थियो । तर उक्त बस्तु बम नभइ डर पैदा गर्न मात्र राखिएको पाइएको छ ।

घटनास्थलमा हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको थियो । घर धनीले पाँच लाख रुपैयाँ माग्दै आफूलाई धम्की आएको बताएका छन् । घर धनी युगल किशोर यादवले आफूलाई हिजोदेखि नै एक व्यक्तिले फोन गरेर पाँच लाख रुपैयाँ मागेको बताएका हुन् । प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको बताएको छ।