मिति: · Sunday, 29 November 2026
खबरहरु

Flash News

अवैधरूपमा विदेशी मुद्रा विदेश लैजान खोज्ने ४ जना विमानस्थलबाट पक्राउ

यो समाचार मन पर्‍यो? साथीहरूलाई पनि पढाउनुहोस्।

सेयर गर्नुहोस्
X WhatsApp Viber
|
मा प्रकाशित
|
१ मिनेट पढ्ने समय

काठमाडौं - अवैधरूपमा विदेशी मुद्रा विदेश लैजान लागेका चार जना पक्राउ परेका छन्। ठूलो मात्रामा विदेशी मुद्रा दुबई लैजान लागेका चार जनालाई बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरू ठूलो मात्रामा विदेशी मुद्रा लिएर हिमालयन एयरलाइन्सको उडानबाट दुबई जान लागेका थिए।

प्रहरीका अनुसार उनीहरूको साथबाट ४१ हजार ४ सय अमेरिकी डलर, एक लाख १९ हजार ५ सय साउदी रियाल, एक हजार ३ सय ५७ ओमानी रियाल, ३०८ बहराइन दिनार बरामद गरिएको छ।

अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लगेजभित्र प्लाष्टिकले र्‍यापिङ गरी चाउचाउको बीचमा विदेशी मुद्रा फेला परेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पार्किङ एरियामा बाग्मती प्रदेश -०१-०२७ च ६२६६ नम्बरको गाडीबाट नियन्त्रणमा लिइएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा एक जना रुपन्देहीको तिलोत्तमा नगरपालिका-९ का २४ वर्षीय अनिस थापा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले बाँकी तीन जनाको नाम भने खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस्

?Comments are reviewed before they appear. Be respectful, stay on topic, and do not post personal details, insults or advertising.
प्रतिक्रिया प्रकाशित हुनुअघि समीक्षा गरिन्छ। सम्मानजनक र विषयसँग सम्बन्धित प्रतिक्रिया लेख्नुहोस्; व्यक्तिगत विवरण, गाली वा विज्ञापन नराख्नुहोस्।

Comments / प्रतिक्रिया

Comments are reviewed before they appear. Be respectful, stay on topic, and do not post personal details, insults or advertising.
प्रतिक्रिया प्रकाशित हुनुअघि समीक्षा गरिन्छ। सम्मानजनक र विषयसँग सम्बन्धित प्रतिक्रिया लेख्नुहोस्; व्यक्तिगत विवरण, गाली वा विज्ञापन नराख्नुहोस्।

↑