FLASH NEWS

सुन तस्करी प्रकरणमा पक्राउ परेकालाई १० दिन हिरासतमा राख्न उच्च अदालतको अनुमति


नेपाल आवाज ४ श्रावण २०८०, बिहीबार १८:१५ मा प्रकाशित १४७१ पाठक संख्या

काठमाडौं – करिब एक सय केजी अर्थात एक क्विन्टल बराबरको सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई उच्च अदालत पाटनले १० दिन थुनामा राखेर अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागलाई अनुमति दिएको छ ।


आज बिहीबार पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानसहित,चार नेपाली, एक भारतीयलाई १० दिन थुनामा राख्न अनुमति दिएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

चुवानलाई नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागनले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको थियो ।

बुधबार विभागले हङकङ हुँदै आएको सुन जडित ब्रेक सु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा झण्डै एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो।

त्यो सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म एक जना चिनियाँसहित ६ जना पक्राउ परेका छन् ।

राजश्व छलीको आरोपमा राजश्व अनुसन्धान विभागले प्रहरीको सहयोग नलिई आफैँले अनुसन्धान गरिरहेको छ। अनुसन्धानकै लागि विभागले नै आरोपीहरूलाई न्यायिक हिरासतमा राख्न बिहीबार म्याद थप गराएको हो।