FLASH NEWS

गृहमन्त्री श्रेष्ठ भन्छन् – सुन प्रकरणको अनुसन्धान स्वतन्त्र,निष्पक्ष र निष्कर्षमा पुग्ने गरी हुन्छ


नेपाल आवाज ४ श्रावण २०८०, बिहीबार १९:३३ मा प्रकाशित १५२५ पाठक संख्या

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक क्वीन्टल सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी हुने बताएका छन्।


उनले यस्ता घटनाहरुबारे प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ र आफूले दोषीलाई कारबाहीको दायरामा ल्याउन र निर्दोष नफसून् भनेर यसअघि नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि स्मरण गराए।

बिहीबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सुरक्षा निकायका पूर्व उच्चअधिकारीहरुसँगको छलफलपछि गृहमन्त्री श्रेष्ठले दोषीलाई छिट्टै कानुनको दायरामा ल्याउने गरी अनुसन्धानको कामलाई अघि बढाइएको बताए।

उनले अध्यागमन विभागमा प्रहरीको उपस्थितिलाई सुनिश्चित गर्ने विषयमा आफूले यसअघि पनि छलफल गरेको र त्यसलाई छिट्टै निष्कर्षमा पुर्‍याउने आश्वासनसमेत दिए।

अर्थ मन्त्रालयसँग समन्वय गरेर सो कामलाई अघि बढाउने गृहमन्त्री श्रेष्ठको भनाइ थियो।