FLASH NEWS

करिब १ क्विन्टल सुन तस्करी प्रकरण : काठमाडौंबाट थप दुई जना पक्राउ


नेपाल आवाज ४ श्रावण २०८०, बिहीबार २०:४६ मा प्रकाशित ११५९ पाठक संख्या

काठमाडौं – मोटरसाइकल र स्कुटरको ब्रेक सुभित्र लुकाएर ल्याइएको करिब १ क्विन्टल सुन तस्करीमा संलग्नताको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।


राजश्व अनुसन्धान विभाग स्रोतका अनुसार पक्राउ पर्नेमा राजन श्रेष्ठ र पुष्करराज भट्ट छन्। श्रेष्ठको ठेगाना खुल्न बाँकी छ। भट्ट भने ट्रान्स ग्लोबल सर्भिस कम्पनीका सञ्चालक रहेको राजस्वका एक अधिकारीले बताए।

राजस्व अनुसन्धानको टोलीले उनीहरूलाई काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो।

यससँगै यो प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेको संख्या ९  पुगेको छ । बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट करिब १ क्विन्टल सुन बरामद भएको थियो ।

सुन हङकङबाट उक्त परिमाणको सुन कसले पठाएको र कसका लागि पठाएको भन्नै अझै खुलेको छैन।

बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो। क्याथे फ्यासिफिकमार्फत आएको उक्त सुन हङकङबाट सिधै रेडी ट्रेड लिंक बूढानीलकण्ठको नाममा आएको स्रोतले बताएको छ। स्रोतका अनुसार यसरी कार्गो गरेर सुन पठाउने ब्यक्तिका साथै लिने सम्बन्धित व्यक्तिकोसमेत पहिचान खुलेको छैन।

बुधबार हङकङ हुँदै आएको करिब एक सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।

बरामद भएको सुनको तौल ब्रेक सुसहित जोख्दा कुल १५५ किलो रहेको पाइएको छ। राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन सहितका स्कुटरका ब्रेक शुको तौल नेपाल राष्ट्रबैंकको टक्सार विभागले जोखेको हो। राष्ट्रबैंकले ती ब्रेक सु जोख्दा कुल तौल १५५ किलो आएको राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दिएको छ।

हाल निस्किएको तौल ब्रेक सु सहितको रहेकोले अब त्यहाँबाट निकालेर सुनको मात्रै तौल लिने तयारी भइरहेको छ। त्यसपछि मात्रै यकिन सुनको तौल थाहा हुनेछ।

राजस्व अनुसन्धान विभागले विमानस्थलमा थप सुन रहेको सूचनाका आधारमा विशेष अप्रेशन जारी राखेको छ । विभागका अनुसार  अनुसन्धानका लागि विमानस्थलमा विशेष टोली निरन्तर खटिएका छन्।