FLASH NEWS

सुन काण्डबारे बाबुरामको टिप्पणी: अब पशुपतिनाथले पनि हाम्रो रक्षा गर्न सक्ने छैनन् !


नेपाल आवाज ४ श्रावण २०८०, बिहीबार २२:०८ मा प्रकाशित १३०३ पाठक संख्या

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचाररूपी क्यान्सरको उपचार कुनै अलौकिक महापुरूषको अवतार वा परम्परागत झारफूकबाट मात्र सम्भब नहुने जनाएका छन् ।


पछिल्लो सुन तस्करी प्रकरण बारे सामाजिक संञ्जालमा टिप्पणी लेख्दै नेता भट्टराईले बिमानस्थलको सुरक्षा घेरा नाघेर सय किलो सुन तस्करी हुनु सामान्य घटना नभएको उल्लेख गरेका छन्।

उनले समाजिक संन्जाल फेसबूकमा लेखेका छन्, ‘अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यतिका जाॅचबुझका घेरा नाघेर सय किलो ( रू. ८४ करोड ?) बराबरको सुन तस्करी हुनु सामान्य घटना हैन।यो पहिलो र अन्तिम पनि हैन! केही समय यता चर्चामा आएका भ्रष्टाचारका घटनाहरूलाई मात्र जोडेर हेर्ने हो भने पनि देशमा भ्रष्टाचारको स्थिति भयावह देखिन्छ।’ वेलावखत उठ्ने र लुक्ने ठूला भ्रष्टाचार प्रकरण त झन् कति भयावह होलान् कल्पना मात्र गर्न सकिन्छ।अतःदुसाध्य बनिसकेको भ्रष्टाचाररूपी क्यान्सरको उपचार कुनै अळौकिक महापुरूषको अवतार वा परम्परागत झारफूकबाट हैन राजनीति/प्रशासन/सुरक्षासंयन्त्र/न्यायालयको एकीकृत र निर्मम शल्यक्रिया र राज्यसंयन्त्रको संरचनात्मक सुधारमा खोज्न ढिलो नगरौं!नत्र श्रीपशुपतिनाथले पनि हाम्रो रक्षा गर्न सक्नेछैनन्!’

.