FLASH NEWS

अवैध सुन प्रकरण: गृहमन्त्री श्रेष्ठ आकस्मिक रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा


नेपाल आवाज ५ श्रावण २०८०, शुक्रबार १२:१२ मा प्रकाशित १४५३ पाठक संख्या

काठमाडौं – उप–प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आकस्मिक रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् । गृहमन्त्रीसँगै नेपाल प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, राजश्व अनुसन्धान विभागका प्रमुख र अध्यागमन कार्यालय प्रमुख पनि पनि सँगै छन् ।


गृहमन्त्री श्रेष्ठले त्रिभुवन विमानस्थल भन्सार कार्यालय र अध्यागमनको आकस्मिक निरीक्षण गरेको उनका स्वकीय सचिव विजय गौतमले बताए । उनले भने– ‘निरीक्षण सकेर अहिले ब्रिफिङ हुँदै छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेर अनुसन्धान गरिरहेको छ । असार ३० मा हङकङकबाट काठमाडौं ल्याइएको सो सुन् ‘रेडी ट्रेड प्रालि’ ले मगाएको अनुसन्धानबाट थाहा भएको छ ।

क्याथे प्यासेफिकको उडान मार्फत आएको ‘सुन’ मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भनेर मगाएको भेटिएको छ । सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनियाँ नागरिक जीक्वाङ लिन सहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।