FLASH NEWS

ललिता निवास प्रकरणः आरोपितलाई पक्राउ गरेर अनुसन्धान गर्न सीआईबीलाई बाटो खुल्यो


नेपाल आवाज ५ श्रावण २०८०, शुक्रबार १९:५७ मा प्रकाशित १६७५ पाठक संख्या

काठमाडौं – सर्वोच्च अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणका आरोपितले आफूहरुलाई पक्राउ नगर्न माग गर्दै गत वर्ष दायर गरेको रिटलाई खारेज गरिदिएको छ ।


ललिता निवास जग्गा हिनामिना प्रकरण आरोपितहरु तत्कालीन सहसचिवद्वय कलाधर देउजा र टीकाराम घिमिरेसहितका १९ जना आरोपितले नेपाल प्रहरीलाई प्रतिवादी बनाएर दायर गरेको रिट शुक्रबार सर्वोच्चले खारेज गरेको हो ।

योसँगै जग्गा हिनामिना प्रकरणका आरोपितलाई पक्राउ गरेर अनुसन्धान गर्नसमेत प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई बाटो खुलेको छ ।

न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत वर्ष आरोपितहरुको मागबमोजिम अन्तरिम आदेश दिएकोमा शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र प्रकाश ढुंगानाको संयुक्त इजलासले रिट खारेज गरिदिएको हो ।