FLASH NEWS

सेनाको संख्या घटाउनुपर्छ भन्नेहरु आत्मसमर्पणवादी हिनताबाट ग्रसित: कमल थापा


नेपाल आवाज ७ श्रावण २०८०, आईतवार १०:५७ मा प्रकाशित १७२९ पाठक संख्या

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली सेनाको संख्या घटाउनुपर्छ भन्नेहरु आत्मसमर्पणवादी हिनताबाट ग्रसित रहेको टिप्पणी गरेका छन् ।


आइतबार बिहान सामाजिक सञ्जालमा लेख्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले यस्तो बताएका हुन् ।

थापाले नेपालको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै सेनालाई थप साधन श्रोत दिई चुस्तदुरुस्त राख्नुपर्नेमा जोड दिएका छन् । थापाले नेपाली एयरफोर्स खडा गर्नुपर्ने र शान्ति सेना, राष्ट्रनिर्माण र विपद् न्युनिकरणको काममा सेनाको प्रयोग बढाउनुपर्ने उल्लेख गरेका छन् ।