FLASH NEWS

महोत्तरीमा नेपाल प्रहरीका डिएसपी कुटिए, ३ सदस्य छानबिन समिति गठन


नेपाल आवाज ७ श्रावण २०८०, आईतवार ११:१२ मा प्रकाशित १३६९ पाठक संख्या

जनकपुरधाम –  महोत्तरीमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) कुटिएका छन्। मधेस प्रदेश प्रहरी गणमा कार्यरत्त रहेका प्रहरी नायव उपरीक्षक चन्देश्वर यादव कुटपिटबाट घाइते भएको प्रहरीले जनाएको छ।


बिहीबार राति करिब १० बजे जिल्लाको जलेश्वर नगरपालिका २ बसपार्क नजिक विद्यापति नगरमा उनी घाइते अवस्थामा फेला परेका थिए।

उनको दायाँ खुट्टा फ्याक्चर भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए । प्रवक्ता गिरीका अनुसार अहिले उनको काठमाडौं स्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

धनुषामा कार्यरत डीएसपी यादव एक्लै त्यसराति जलेश्वर किन गए र के कारणले घटना भयो भन्नेबारे केहि खुलेको छैन । घटना रहस्यमय रहेको र प्रहरीले लुकाउन खोजेको बुझिएको छ । यद्यपी उक्त घटनाको छानविन गर्न समिति गठन गरिएको छ ।

घटनाको छानविनका लागि मधेस प्रदेश प्रहरी कार्यालयले एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य छानविन समिति समेत गठन गरेको छ।

टोली शनिबार घटनास्थल पुगेर निरीक्षण समेत गरेको थियो । डीएसपी यादव केही महिना अगाडि मात्रै महोत्तरीबाट सुरुवा भई धुनषा आएका थिए ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका छानबिन टोलीका संयोजक एसपी श्रेष्ठले छानबिन गरिरहेकाले अहिले केही भन्न नमिल्ने बताए ।