FLASH NEWS

धनुषाको सीमावर्तीमा एक महिलाको गोली हानी हत्या


नेपाल आवाज ७ श्रावण २०८०, आईतवार ११:२९ मा प्रकाशित १२६७ पाठक संख्या

काठमाडौं – धनुषाको सीमावर्ती गाउँपालिका मुखियापट्टि मुसहरनिया गाउँपालिका– २ स्थित दशगजा पारी अर्थात् भारततर्फ  गोली हानी एक महिलाको हत्या गरिएको छ ।


जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिबार राति करिब साढे ८ बजे अज्ञात समूहले महिलामाथि दुई राउण्ड गोली प्रहार गरेको र महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी २५/२६ वर्षीया महिलालाई गोली प्रहार गरी भारततर्फ नै भागेको प्रहरीले जनाएको छ ।

ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि बारे हालसम्म पहिचान खुलेको छैन । धनुषा जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रसाद गौतमका अनुसार शव पोस्टमार्टमका लागि भारतीय प्रहरीले लगेका छन् । ‘घटनाबारे अनुसन्धान भइरहेको छ’, डीएसपी गौतमले भने।