FLASH NEWS

ललिता निवास जग्गा प्रकरण : नापीका पूर्व कर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ


नेपाल आवाज ७ श्रावण २०८०, आईतवार १३:०१ मा प्रकाशित १२६७ पाठक संख्या

काठमाडौं – ललिता निवास जग्गा हिनामिना प्रकरणमा जोडिएका नापी कार्यलयका पूर्व कर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका छन् ।


प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी दिनेश आचार्यले उनलाई आइतबार पक्राउ गरेको जानकारी दिए ।

आइतबार पक्राउ परेका श्रेष्ठले अमिन हुँदा सरकारी जग्गा व्यक्तिको भनेर नापजाँच गरेका थिए । यो प्रकरणमा जोडिएका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायत हालसम्म १९ जना पक्राउ परिसकेका छन् ।