FLASH NEWS

काठमाडौंको सामाखुशीस्थित नालाको बाढीमा खसेर बालक बेपत्ता


नेपाल आवाज ७ श्रावण २०८०, आईतवार २२:४७ मा प्रकाशित १३९९ पाठक संख्या

काठमाडौं – काठमाडौंको सामाखुशीस्थित नालामा आएको बाढीमा खस्दा एक बालक बेपत्ता भएका छन् ।


आइतबार अपराह्न ४ बजे नालामा खसेर बेपत्ता हुनेमा सामाखुसी घर भएका पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत १३ वर्षका साजन मगर हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले दिएको जानकारी अनुसार विद्यालयबाट फर्किएपछि फुटबल खेल्न भनेर निस्किएका उनी स्ल्याबहरू नभएको ठाउँबाट नालामा खसेर बेपत्ता भएका हुन् ।

उनी नालामा खसेको खबर पाएसँगै नेपाल प्रहरीको गोंगबुस्थित प्रभाग, महाराजगञ्ज बृत्त, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विपद व्यवस्थापनमा खटिने टोली परिचालन गरिएको प्रहरी परिसर काठमाडौँले जनाएको छ । तर राति अबेरसम्म खोजतलास गर्दा पत्ता नलागेको प्रहरीले जानकारी दिएको छ ।