आज: | Wed, 06, Dec, 2023
FLASH NEWS

इन्डोनेसियामा डुंगा डुब्दा १५ जनाको मृत्यु, १९ बेपत्ता


नेपाल आवाज ८ श्रावण २०८०, सोमबार १२:०० मा प्रकाशित ११९५ पाठक संख्या

जाकर्ता –  इन्डोनेसियाको सुलावेसी टापुमा डुंगा डुब्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १९ जना बेपत्ता भएका छन् ।

राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले दिएको जानकारी अनुसार जहाजमा ४० यात्रु थिए । सो डुंगा गतराति करिब १२ बजे डुबेको थियो । तर, दुर्घटनाको कारण भने खुल्न सकेको छैन।  उद्धार गरिएका ६ जना यात्रुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले बेपत्ता यात्रुको खोजी गरिरहेको छ । उक्त एजेन्सीकाे स्थानीय शाखाका मुहम्मद अराफाले सबै पीडितहरूको पहिचान भइसकेको छ र शवहरू उनीहरूको परिवारलाई हस्तान्तरण गरिएको बताएका छन्।

डुङ्गाले मानिसहरूलाई खाडी पार गरी दक्षिणपूर्वी सुलावेसी प्रान्तको केन्द्रबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको मुना टापुमा पुर्‍याएको थियो। त्यही क्रममा यो घटना भएको हो ।