एजेन्सी – अमेरिकाका अर्बपति एलन मस्कले माइक्रोब्लगिङ साइट ट्विटरको लोगो परिर्वतन गरेका छन् ।
यसअघिसम्म ट्विटरको लोगोमा चरा थियो, तर मस्कले यसको साटो अंग्रेजी अक्षर एक्स ल्याएका हुन् ।
ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रंगमा लेखिएको अंग्रेजी अक्षर एक्स देखिन्छ ।
मस्कले यसअघि पनि ट्विटरको लोगो परिर्वतन गर्ने प्रयास गरेका थिए । उनले निलो चराको सट्टा कुकुर अंकित लोगो सार्वजनिक गरेका थिए ।
आफूले किनेदेखि नै मस्कले ट्विटरको रिब्रान्डिङ गर्ने भन्दै विभिन्न परिवर्तन गरिरहेका छन्। केही समयअघि उनले भेरिफाइड हुन पैसा तिर्नुपर्ने नियम ल्याएका थिए।