FLASH NEWS

नारायणगढ-मुग्लिन सडकखण्डको अवरोध पन्छाइयो


नेपाल आवाज ९ श्रावण २०८०, मंगलवार १०:५८ मा प्रकाशित १४४७ पाठक संख्या

चितवन – बिहान अवरूद्ध भएको नारायणगढ मुग्लिन सडकखण्डको अवरोध पन्छाइएको छ।


पहिरोग्रस्त क्षेत्रबाट अलिअलि ढुंगा झरिरहेकाले मंगलबार बिहान केहीबेर अवरूद्ध रहेको र अहिले दुवैतर्फ सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।

‘स-साना ढुंगासहितको पहिरो खसेपछि बिहान केहीबेर अवरूद्ध भएको थियो। अहिले दुवैतर्फ नै सञ्चालनमा छ। तर, पहिरो खस्न भने रोकिको छैन,’ सडक डिभिजन भरतपुरका सूचना अधिकारी चण्डेश्वर साहले जानकारी दिए।

सडक डिभिजनबाट तैनाथ अवस्थामा राखिएको उपकरणद्वारा तत्कालै पहिरो हटाएर यातायात सञ्चालन गराइएको पनि उनले बताए।

विहान नारायणगढ-मुग्लिन सडक खण्डकाे १४ किलाेमा ट्रक र बस ठक्कर खादा राजमार्ग केही बेर अवरूद्व हुन पुगेकाेमा अहिले दुइ तर्फी नै सञ्चालनमा रहेकाे ट्राफिक प्रहरी कायार्यालय मुग्लिनका प्रमुख चुडामणी पाेख्रेलले जानकारी दिए ।