FLASH NEWS

बागलुङमा वरिष्ठ सइ होटलको कोठामा मृत भेटिए


नेपाल आवाज ९ श्रावण २०८०, मंगलवार ११:१६ मा प्रकाशित २२२७ पाठक संख्या

पोखरा – बाग्लुङमा एक प्रहरी होटलमा मृत फेला परेका छन्। इलाका प्रहरी कार्यालय भीमगिठे, बाग्लुङका इन्चार्ज वरिष्ठ नायव निरीक्षक(वरिष्ठ सई) उज्वल पौडेल मृत्त फेला परेका हुन्।


सोमबार राति बडिगाड गाँउपालिका- ६ खालाबजारको आशा होटल एण्ड खाजा घरको कोठामा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, बाग्लुङका सूचना अधिकारी मदन केसीले बताए।

उनका अनुसार होटलमा मृत भेटिएको भन्दै सञ्चालकले राति १२ बजे प्रहरीलाई जानकारी गराएका थिए।

राती २ बजे नै प्रहरी चौकी बुर्तिबाङको टोली घटनास्थल पुगेको थियो।

अहिले जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी निरिक्षक राजाराम खड्काको टोली पुगेर अनुसन्धान थालेको छ।

अनुसन्धानका लागि होटेल साहुनी र उनका छोरालाई चौकी लगिएको बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिए ।