FLASH NEWS

अध्यक्ष ओली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता


नेपाल आवाज ९ श्रावण २०८०, मंगलवार ११:३१ मा प्रकाशित १०६३ पाठक संख्या

काठमाडौं – नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य नेता युआन जियाजुनलगायतको टोलीले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको छ ।


मंगलबार बिहान च्यासलस्थित एमाले मुख्यालयमा ओलीसँग भेटघाट भएको हो । भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको बताइएको छ ।

तीन दिनदेखि नेपाल भ्रमणमा रहेका जियाजुनले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा, कार्यबहाक प्रधानमन्त्री पूर्णबहादुर खड्का, सभामुख देवराज घिमिरेलगायतसँग भेटवार्ता गरिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भने भर्चुअल कुराकानी गरेका थिए ।