FLASH NEWS

विमानस्थल भन्सार प्रमुख पोखरेल हटाइए, टोकराज पाण्डेलाई पठाइयो


नेपाल आवाज ९ श्रावण २०८०, मंगलवार १८:५० मा प्रकाशित १३१५ पाठक संख्या

काठमाडौं – अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललाई जिम्मेवारीबाट हटाएको छ ।


झन्डै एक क्विन्टल सुन विमानस्थलको भन्सार जाँच पास गरेर बाहिरिएको घटनामा छानबिन गर्न पोखरेललाई उक्त जिम्मेवारीबाट अलग गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव धनिराम शर्माका अनुसार पोखरेलको ठाउँमा सहसचिव टोकराज पाण्डेलाई पठाइएको छ । पाण्डे आइतबारमात्रै राष्ट्रिय किताब खानाबाट अर्थमा सरुवा भएका थिए ।