FLASH NEWS

सर्लाहीमा अनुसन्धान अधिकृतको मोटरसाइकल दुर्घटनामा मृत्यु


नेपाल आवाज १० श्रावण २०८०, बुधबार ११:०५ मा प्रकाशित १४४७ पाठक संख्या

काठमाडौं – सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृतको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।


मंगलबार राति ईश्वरपुर नगरपालिका– ९ खोरिया टोल नजिकैको पुल नजिकै दुर्घटनामा परेर २९ वर्षीय अनुसन्धान अधिकृत प्रहरी निरीक्षक (इन्स्पेक्टर) वसन्त साहको निधन भएको हो ।

ड्युटी सकेर मलङ्गवाबाट घर फर्कँदै गरेको अवस्थामा साह सवार प्रदेश २–०१६प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पंजियार थारुले जानकारी दिए ।

ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी साह फूलजोर–त्रिभुवननगर सडकअन्तर्गत खोरिया टोल नजिकै रहेको पुलमुनी मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा आज बिहान फेला परेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा अधिकारीको टोली घटनास्थमा पुगेर घटनाको थप अनुसन्धान गरिरहेको डीएसपी थारुले जनाए ।