FLASH NEWS

ऋण मिनाहाको माग गर्दै नयाँ बानेश्वरमा लघुवित्त पीडितको प्रदर्शन


नेपाल आवाज १० श्रावण २०८०, बुधबार १२:४९ मा प्रकाशित १०९९ पाठक संख्या

काठमाडौं – लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपालले आज नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका छन् ।


केही दिनदेखि काठमाडौंमा न्याय माग्न आएका लघुवित्तीय संस्था पीडितहरूले आज संसद भवन घेराउ गर्न नयाँ बानेश्वर पुगेका हुन् ।

सुरक्षाकर्मीले नयाँ बानेश्वर चोक नपुग्दै रोकेपछि उनीहरूले त्यही प्रदर्शन गरेका थिए। महिनौंदेखि आन्दोलनरत लघुवित्तपीडितहरूले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ बढ्न थालेपछि प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ ।

घेरा तोडेर संसद भवनको गेटमा पुगेका केही पीडितहरूलाई भने प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनकारीले लघुवित्त संस्थालाई ‘नव–सामन्ती’ भन्दै ऋण मिनाहा हुनपर्ने माग राखेका छन् ।

पीडितहरूले लुघवित्तलाई खारेज गर्नुपर्ने, सावाँसहित व्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा आफूहरूमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग राखेका छन् ।

विभिन्न ठाउँबाट आएका पीडितहरू माइतीघरमा सेल्टर बनाएर दिनहुँ प्रदर्शनमा उत्रिएका छन् ।