FLASH NEWS

सुन तस्करी प्रकरणमा न्यायिक छानविन समिति नबनाएसम्म एमालेले संसद् चल्न नदिने


नेपाल आवाज १० श्रावण २०८०, बुधबार १४:३६ मा प्रकाशित १४६५ पाठक संख्या

काठमाडौं – नेकपा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीमार्फत भित्रिएको १०० केजी सुन बारे संसद्मा गृहमन्त्रीको जवाफ माग्ने भएको छ ।


बुधबार संसद् बैठक अघि बसेको एमाले संसदीय दलको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुन बारे गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने निर्णय गरेको हो । एमालेको संसदीय दलको बैठकको कारण अपरान्ह एक बजेका लागि बोलाइएको संसद् बैठक समयमा नै सुरु हुन सकेको छैन ।

एमाले सांसद सूर्य थापाले संसदीय दलको बैठकले सुन प्रकरणबारे न्यायिक छानविन नबनाएसम्म संसद् अघि बढ्न नदिने निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘सुन तस्करीको घटना चानचुने घटना होइन, यत्रो ठूलो परिमाणको सुन अवैधरुपमा भित्रिएको बारेमा न्यायिक छानविन एमालेले आवश्यक देखेको छ ।’ संसद् बैठक केही बेरमा बस्दैछ ।