FLASH NEWS

राज्यको अंग कमजोर भएकै कारण विमानस्थलबाट सुन उम्कियोः राजेन्द्र पाण्डे


नेपाल आवाज १० श्रावण २०८०, बुधबार १७:०० मा प्रकाशित ९९१ पाठक संख्या

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले राज्यको अंग कमजोर भएकै कारण सुन तस्कर भएको बताएका छ्न्।


बुधवार आयोजित पत्रकार सम्मलेनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले एउटा अंग कमजोर हुँदा अर्को सरकारको अंगले पक्राउ गर्नु राम्रो पक्ष भएको बताए। उनले सरकारका सबैखाले अंगहरु चुस्त र दुरुस्त हुनुपर्नेमा जोड दिए ।

उनले सेटिङ बिग्रिएर सुन समातियो भन्ने बाहिरि आशंका रहेको भन्दै कुनैपनि भ्रष्टाचारजन्य र तस्करीजन्य गतिविधिमा पूर्ण रुपमा नियन्त्रण गर्नेगरी राज्य उभिनुपर्ने बताए। उनले राज्यले भ्रष्टाचारजन्य गतिविधिहरु नियन्त्रणका लागि राम्रोसँग काम गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘सुन काण्डको सवालमा हेर्ने हो भने सरकारको एउटा अंग कमजोर भएको देखियो । अर्को अंगले त्यसलाई तत्काल कारबाही गर्न सफल भयो । हाम्रो भनाइ के हो भने सरकारका यस्ता खालका गतिविधिमा अध्ययन, अनुसन्धान गर्ने, नियन्त्रण गर्ने सबै अंगहरु चुस्त, दुरुस्त हुनुपर्छ । कता शंका पनि छ, सेटिङ बिग्रिएर समातियो भन्ने, भित्रैबाट सेटिङ मिलेर बाहिर आयो, अर्कोथरीले त्यो अनुसारको सहमति नभएका कारण नमिलेका कारण समातिएको भन्ने छ । तर हामी के चाहन्छौँ भने यस्ता कुनैपनि भ्रष्टाचारजन्य र तस्करीजन्य गतिविधिमा पूर्ण रुपमा नियन्त्रण गर्नेगरी राज्य उभिनुपर्छ । राज्यले आफ्नो भुमिका निभाउनु पर्छ ।’

नेकपा (एकीकृत समाजवादी) ले सुन तस्करी प्रकरणमा गृहमन्त्री वा अन्य मन्त्रीहरुको राजीनामा मागेर अनुसन्धान बिथोल्ने काम भए त्यसको बिरोधमा पार्टी रहने स्पष्ट पारे ।