FLASH NEWS

एमालेको नारावाजीपछि संसद् बैठक स्थगित


नेपाल आवाज १० श्रावण २०८०, बुधबार १७:०६ मा प्रकाशित ११९५ पाठक संख्या

काठमाडौं – नेकपा एमालेका सांसदहरुले सुन तस्करीमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नारावाजी गरेपछि प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ ।


बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मीक समय सकिएपछि सभामुखले शुन्य समयको कारवाही प्रारम्भ गर्दा एमालेका सांसदहरुले नारावाजी गरेका थिए ।

बैठकमा एमाले सांसदहरुले सुन प्रकरणमा सरकारका मन्त्रीहरु नै सामेल भएको आरोप लगाउदै उच्चस्तरीय छानबिन समिति गठनका लागि रुलिङ गर्न माग गरेका थिए , तर सभामुखले शुन्य समयको कारवाही अघि बढाउन खोजेपनि एमाले सांसदहरुले वेल घेराउ गर्दै नारावाजी गरेका थिए ।

एमाले सांसदहरुले नारावाजी गरेपछि कार्यसूचीमा रहेका सम्पूर्ण बिषयहरुलाई हटाउदै साउन १५ गते सोमबारसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।