FLASH NEWS

सुन प्रकरणमा राज्यसत्ताका जिम्मेवार व्यक्ति सामेल हुनसक्छ: अध्यक्ष केसी


नेपाल आवाज १० श्रावण २०८०, बुधबार १८:१५ मा प्रकाशित १२९१ पाठक संख्या

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी सुन प्रकरणमा राज्यसत्ताका जिम्मेवार व्यक्ति सामेल हुनसक्ने बताएका छ्न्।


बुधबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै केसीले राज्यसत्ताका जिम्मेवार व्यक्ति सामेल नभई सुन प्रकरण जस्ता ठूला अपराध हुनै नसक्ने बताए।

केसीले सुन प्रकरणमा भरियालाई मात्रै पक्राउ गरेर जनताको आखाँमा छारो हाल्न नपाईने भन्दै मूल अपराधीलाई समातेर नेपाली जनतालाई देखाउन सक्नुपर्ने धारणा राखे ।

चीन , भारत र नेपालका अपराधीहरु मिलेर नेपाललाई तस्करको ट्रान्जीट प्वाइन्ट बनाइएकाले यसमा सरकारले गम्भीर भएर छानविन गर्नुपर्ने उनले बताए।

अध्यक्ष केसीले सुन प्रकरणमा निष्पक्ष छानविन हुनुपर्ने र कोहि दोषीले पनि उन्मुक्ति पाउन नहुने उल्लेख गरे।