FLASH NEWS

एकीकृत समाजवादीले एमसीसीको अवस्थाबारे सरकारसँग जानकारी माग्ने


नेपाल आवाज १० श्रावण २०८०, बुधबार १८:२० मा प्रकाशित ९६७ पाठक संख्या

काठमाडौं – नेकपा एकीकृत समाजवादीको केन्द्रिय सचिवालय बैठकले सरकारसँग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग गर्ने निर्णय गरेको छ ।


असार २९ र ३०, साउन १ देखि ५ गतेसम्म काठमाडौंको चम्पादेवीमा बसेको बैठकले एमसीसी सम्झौताको कार्यान्वयनको जानकारी माग गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले बैठकले समाजवादी मोर्चा, नेपालको उद्देश्य र कार्यविधिका बारेमा त्यसको घोषणा पत्रमा सबैकुरा स्पष्ट पार्ने, नेपाली समाजको आधारभुत तथा राजनीतिक अन्तरबिरोधका बारेमा पार्टीका दृष्टिकोण कार्यकर्ताहरूलाई स्पष्ट पार्ने निर्णय भएको बताए ।

उनले पार्टीको महाधिवेशन र आगामी राष्ट्रिय अभियानका बारेमा छलफल तथा निर्णय गर्न आगामी साउन १६ र १७ गते स्थायी कमिटी, १८, १९ गते पोलिटब्युरो र २०, २१ गते केन्द्रिय कमिटीको बैठक काठमाडौंमा बस्ने निर्णय भएको बताए । बैठकले वर्षाका कारण हुने क्षतिबाट नागरिकको रक्षा गर्दै धनको सुरक्षा गर्न र राहत, उद्धार तथा पुनः स्थापनाका लागि पूर्वतयारीका साथ लाग्न सरकारसँग आह्वान गरेको छ ।

त्यस्तै देशभर पशुमा देखिएको लम्पीस्किन रोगबाट भएको क्षतिको राहत व्यवस्था गर्न माग गरेको छ । बैठकले कोशी प्रदेशको नामबारे उत्पन्न विवादलाई वार्ताको माध्यमबाट समाधान खोज्न आह्वान गरेको छ ।