FLASH NEWS

नेपालले फिफा विश्वकप एसिया छनोटको पहिलो खेल लाओससँग खेल्ने


नेपाल आवाज ११ श्रावण २०८०, बिहीबार १२:५९ मा प्रकाशित १२४९ पाठक संख्या

काठमाडौं – फिफा विश्वकप २०२६ को एसिया छनोटको प्लेअफ चरणमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ।


बिहीबार मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा भएको प्रारम्भिक चरणको ड्र मा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने तय भएको हो।

नेपालले लाओससँग होम एन अवे गरी दुई खेल खेल्नेछ। पहिलो खेल १२ अक्टोबर र दोस्रो खेल १७ अक्टोबरमा हुनेछ। फिफा वरीयतामा नेपाल १७५औं र लाओस १८७औं स्थानमा छन्।

जित हात पारे नेपाल दोस्रो चरणमा पुग्नेछ।पहिलो चरणमा नेपालसँगै २० ले प्रतिस्पर्धा गर्दैछन्। एसिया वरीयतको पुछारका २० लाई पहिलो चरणमा प्रतिस्पर्धा गराउन लागिएको हो।

नेपाल रहेको समूह ‘ए’मा अफगानिस्तान, माल्दिभ्स, सिंगापुर, म्यानमार, कम्बोडिया, चाइनिज ताइपेइ, इन्डोनेसिया, हङकङ, चाइना र यमन रहेका छन् ।

प्रारम्भिक चरण खेलतालिका: