FLASH NEWS

अर्थ मन्त्रालयद्धारा लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन


नेपाल आवाज ११ श्रावण २०८०, बिहीबार १८:२० मा प्रकाशित १५४९ पाठक संख्या

काठमाडौं – अर्थ मन्त्रालयले लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपालसँग वार्ता गर्न समिति गठन गरेको छ ।


अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो ।

अर्थ मन्त्रीस्तरको निर्णयबाट गठन भएको वार्ता समितिमा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि पनि सदस्य रहनेछन् ।

सो समितिलाई लघुवित्त पीडित समितिसँग वार्ता तथा छलफल गरी समाधानको सिफारिस गर्ने कार्यादेश दिइएको छ।

समितिले वार्ताका लागि सहजीकरण गरिदिन गृह मन्त्रालयलाई पत्राचार पनि गरेको छ ।