FLASH NEWS

बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर पक्राउ


नेपाल आवाज १२ श्रावण २०८०, शुक्रबार १३:३४ मा प्रकाशित १९७५ पाठक संख्या

काठमाडौं – मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन् । उनी आयोजनाका निर्देशकसमेत हुन् ।


जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पोखरेललाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो। एक युवतीले बलात्कारको आरोप लगाएपछि अनुसन्धानका लागि पोखरेललाई पक्राउ गरिएको परिसर प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

उनीविरुद्ध थप अनुसन्धान भइरहेको एसएसपी कार्कीले बताए ।  बलात्कार आरोप लागेपछि पोखरेल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयबाटै सम्पर्कविहीन भएका थिए । आफ्नो घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोप पोखरेलमाथि छ ।

ती किशोरीले यसअघि सामाजिक सञ्जालमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै भिडिओ पोस्ट गरेकी थिइन् । मुटुको समस्या भएको भन्दै त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा भर्ना भएका उनलाई प्रहरीले अस्पतालबाटै शुक्रबार बिहान नियन्त्रणमा लिएको हो ।