FLASH NEWS

दक्षिण सुडानमा एक नेपाली शान्ति सैनिक झुण्डिएको अवस्थामा फेला


नेपाल आवाज १२ श्रावण २०८०, शुक्रबार २०:४६ मा प्रकाशित १८६१ पाठक संख्या

काठमाडौं – दक्षिण सुडानमा कार्यरत जाजरकोट खलंगा गाउँपालिका—६ का रामबहादुर बाँठा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।


संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा खटिएका बाँठा रुम्बेकस्थित गण हेडक्वाटरमा घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।

उनको पार्थिव शरीर पोष्टमार्टमको प्रक्रिया रहेको र पोष्टमार्टमपश्चात स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको जङ्गी अड्डाले जानकारी दिएको छ । जङ्गी अड्डाका अनुसार बाँठाको मृत्युबारे अनुसन्धानको भइरहेको छ ।