FLASH NEWS

रास्वपाका चारजना सांसदले निर्वाचन आयोगको निर्णयविरूद्व दिए रिट


नेपाल आवाज १४ श्रावण २०८०, आईतवार १७:१४ मा प्रकाशित १०५७ पाठक संख्या

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका चारजना सांसदले निर्वाचन आयोगविरूद्वको निर्णयविरूद्व अदालतमा रिट दायर गरेका छन् ।


सांसदहरु विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले निर्वाचन आयोगले निर्वाचन खर्च नबुझाएको भन्दै १५ हजार जरिवाना गरेपछि उच्च अदालत पाटनमा रिट दायर गरेका हुन् ।

उनीहरू आफूहरूले निर्वाचन खर्च बुझाउँदा बुझाउँदै पनि आयोगले आफूहरूलाई जरिवाना गरेको बताएका छन् ।

निर्वाचन आयोगले कारबाही गर्नुपूर्व स्पष्टिकरण सोध्नुपर्ने र दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको अवस्थामा मात्र कारबाही गर्नुपर्नेमा प्रक्रिया पूरा नगरी कारबाही गरेको उनीहरुले रिटमा उल्लेख गरेका छन् ।

उनीहरुले आफूहरुलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय, पत्राचार र प्रेस विज्ञप्ति गैरकानुनी, स्वेच्छाचारी, अतार्किक र प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएकाले त्यसलाई बदर गर्न माग गरिएको छ ।