FLASH NEWS

राजसंस्था पुनस्थापनका लागि आन्दोलन गर्ने कमल थापाको निष्कर्ष


नेपाल आवाज १६ श्रावण २०८०, मंगलवार १३:२० मा प्रकाशित १२९७ पाठक संख्या

काठमाडौं – पूर्व राजा ज्ञानेन्द शाहसँग असहमति राख्दै राजसंस्थाको सिद्धान्त त्यागेका राप्रपा नेपालका अध्यक्ष कमल थापा राजसंस्था पुनस्थापनका लागि आन्दोलन गर्ने निष्कर्षमा पुगेका छन् ।


राप्रपाका पूर्व नेता तारानाथ लुँइटेलको संयोजकत्वमा रहेको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा र राप्रपा नेपालबीच एकीकरणको सहमतिसँगै थापाले राजसंस्था स्वीकारेका हुन् ।

मंगलबार औपचारिक कार्यक्रम गरी मोर्चा र राप्रपा नेपालबीच एकता घोषणा हुने संयोजक लुँइटेलले जानकारी दिए । उनले कमल थापा पनि राजसंस्थाको एजेण्डामा आएकाले एकीकरण गरेर आन्दोलनमा जान लागेको जानकारी दिए ।