FLASH NEWS

विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ


नेपाल आवाज १७ श्रावण २०८०, बुधबार १६:५९ मा प्रकाशित १४२९ पाठक संख्या

काठमाडौं – विवादास्पद अभिव्यक्ति दिएको आरोपमा काठमाडौं प्रहरीले कानून व्यवसायी (अधिवक्ता ) भगवती पाण्डे ‘शीतल’लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार बिहान उनलाई पक्राउ गरेको हो ।


अधिवक्ता पाण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा हाडनाता भित्र विवाह हुँदा त्यसले उनीहरूबाट जन्मने बच्चामा दुष्प्रभाव पर्न सक्ने अभिव्यक्ति दिएकी थिइन् ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । जातीय भेदभाव सहित दुईवटा कसुरमा अनुसन्धान गर्न कानून व्यवसायी पाण्डेलाई पक्राउ गरेको छ । उनको बयान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीविरुद्ध तामाङ, मगर समुदायका व्यक्ति तथा संस्था, समूहले जाहेरी दिएका छन् ।

बुधबार नै उनलाई पक्राउ गर्नुपर्ने माग राख्दै परिसर अगाडि नेपाल मगर संघ र नेपाल तामाङ संघले प्रदर्शन गरेको थियो।